दाङ ।
२१ वर्षीया युवतीलाई भाइको कोठामा बोलाएर बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रोल्पा नगरपालिका–४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगी रहेका छन् ।
उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । डाँगीले ती युवतीलाई घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरी जिल्ला प्रहरी कार्यालय दाङमा परेको थियो ।
सोही आधारमा उनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतमले जानकारी दिए । पक्राउ परेका डाँगीलाई अदालतबाट म्याद गरेर अनुसन्धान अगाडि बढाएको छ ।
प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार









प्रतिक्रिया दिनुहोस्