नेपाल बैंक र नेपालगन्ज नर्सिङ्ग क्याम्पसबीच सहकार्य



नेपालगन्ज ।

नेपालगन्ज नर्सिङ्ग क्याम्पस र नेपाल बैंक लिमिटेड ‘सिटी अफिस’बीच सेवाग्राही कर्जाको लागि सम्झौता भएको छ ।

नेपालगन्ज नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुख तुलसा सुनार र नेपाल बैंक लिमिटेड बा“केका शाखा प्रबन्धक रूपेश कुमार श्रीवास्तवबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई व्यक्तिगत आवश्यकताका आधारमा सेवाग्राही कर्जा अन्तर्गत वार्षिक आधार दर बैंकको नियमानुसार ३.५ प्रतिशत दरले ब्याज लिने गरी अधिकतम् पन्ध्र लाखसम्मको कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

नेपाल बैंक लिमिटेड तथा नेपालगन्ज नर्सिङ्ग क्याम्पसबीच भएको सेवाग्राही कर्जा सहमतिले क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आगामी दिनहरुका लागि राहत भएको क्याम्पस प्रमुख सुनारले जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ५ गते मंगलबार