रूकुमबाट दाङ आउँदै गरेको गाडी दुर्घटना



रुकुमको नुवाकोटबाट दाङको तुलसीपुर आउँदै गरेको गाडी दुर्घटनामा परेको छ।

लु २ ख ५७३१ नम्बरको यात्रुबहाक गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ आगरखोलामा दुर्घटनामा परेको हो।

सल्यानका प्रहरी प्रमुख, डिएसपी दामोदर केसीले सोमबार अपराह्न ३ बजेतिर सल्यानको कपुरकोट क्षेत्रमा गाडी दुर्घटनामा परेको बताए।

दुर्घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दा पुगेका छन्। घाइतेको उद्धार जारी रहेको उनले बताए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ४ गते सोमबार