जहाज ल्याण्ड गर्ने बेला नेपालगन्ज विमानस्थलको ‘रन वे’ मा कुकुर देखिएपछि…



नेपालगन्ज ।

काठमाडौँबाट नेपालगन्जका लागि उडेको श्री एयरलाइन्सको हवाईजहाजले ल्याण्ड गर्ने बेलामा नेपालगंज विमानस्थलको ‘रन वे’ मा कुकुर देखिएपछि ओभर सुट गरेको छ।

स्रोतका अनुसार पहिलो पटक ओभर सुट गरेको उक्त जहाज दोस्रो पटक मात्र ल्याण्ड गरेको थियो।

‘विमानस्थलको रनवे मै पशुचौपाया पुग्नु भनेको विमानस्थल प्रशासनको चरम लापरबाही हो’, स्रोतले भन्यो। उक्त जहाज मंगलबार दिउँसो काठमाडौँबाट नेपालगंजका लागि उडेको थियो।

  • No tags available
प्रकाशित मिति : २०८० साउन २३ गते मंगलबार