पहिरोले अवरूद्ध लमही–घोराही सडक एकतर्फी सञ्चालन



दाङ ।

गएराती खसेको पहिरोका कारण अवरुद्ध घोराही–लमही सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । वर्षाका कारण उक्त सडकखण्डको कुलमोहर र चिसापानीको खसेको पहिरो अहिले हटाइएको छ ।

सोमबार राति १२ बजे पहिरो झर्दा अवरुद्ध भएको सडक बिहान साढे सातबजेपछि एकतर्फी सञ्चालन गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी
दिए ।

सडक पूणर्रुपमा खुल्न समय लाग्ने उनको भनाइ छ । अहिले जेसीबीसहित सुरक्षाकर्मीहरुले पहिरो हटाउने काम गरिरहेका छन् ।

सोमबार पनि सडकखण्ड चार घण्टा अवरुद्ध भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० साउन २३ गते मंगलबार