बाँके ।
ईन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले बिदाका दिनसहित शनिबारसमेत सेवा दिने भएको छ । ग्राहकहरूको सेवा सुविधालाई ध्यानमा राखेर भायानेटले सार्वजनिक बिदाका दिनसहित शनिबार समेत सेवा दिने भएको हो ।
यो सेवा कोहलपुर क्षेत्रमा समेत लागू हुने भायानेट कोहलपुर शाखाका प्रमुख रत्न खड्काले जानकारी दिए । ‘कोहलपुरका ग्राहकलाई समेत बिदाका दिनमा भायोनेटले सेवा दिन्छ’ उनले मिसन टुडेसँग भने, ‘बिहान सात बजेदेखि साँझ सात बजेसम्म जडान तथा मर्मतका लागि सेवा दिन्छौं ।’
शाखा प्रमुख खड्काले दिएको जानकारी अनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म काउन्टर समेत खुला रहनेछ । भायानेटले इन्टरनेट जडानका लागि विभिन्न अफरहरू समेत अगाडि सारेको छ ।
‘सस्तोमा राम्रो सम्पूर्ण जडान खर्चसहित एक वर्षको लागि इन्टरनेट मात्र ७ हजार र इन्टरनेट टिभीको लागि राउटरसहित १ वर्षको लागि ८ हजारमा अफर ल्याएका छौं’ उनले भने, ‘कसैले जडान गर्नुपरे र कुनै पनि समस्या आए कोहलपुर शाखा कार्यालयमा सम्पर्क राख्नुहोला ।’









प्रतिक्रिया दिनुहोस्