
DCIM102MEDIADJI_0123.JPG
कोहलपुर ।
कोहलपुरको चौराहा नजिकै निर्माण गरिएको लामो दुरीको बसपार्क ठेक्कामा सञ्चालन हुने भएको छ । पश्चिम नेपालकै सुविधा सम्पन्न लामो दुरीको बसपार्क पाँच बर्से सम्झौतामा सञ्चालन हुने भएको हो ।
लामोदुरीको बसपार्कको असार २४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेको थिए । बसपार्कको समग्र व्यवस्थापनको जिम्मा भने बागेश्वरी यातायात व्यवसायी प्रालिले पाएको छ ।
असार २५ गते बसेको कार्यपालिका बैठकले कोहलपुर ११ मा निर्माण गरिएको बसपार्कको समग्र व्यवस्थापन प्रवेश, टिकट काउण्टर, शौचालय, मर्मत सम्भार ब्लक र पार्किङ राजस्व ठेक्का लागि पेस भएका प्रस्तावमध्ये बागेश्वरी यातायात व्यवसायी प्रालिसँग पाँच वर्षसम्म सम्झौता हुने गरी सम्झौता गर्ने निर्णय गरेको छ ।
उक्त बैठकमा कोहलपुर बसपार्क उद्घाटनको समीक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए । उनका अनुसार बसपार्कमा राखिएको शिलालेखमा सम्बन्धित वडा समितिका पदाधिकारीहरुको नाम छुट हुन गएकोले बसपार्क रहेको ११ नम्बर वडाका वडा समितिका पदाधिकारीहरुको नाम शीलालेखमा समावेश गरी थप शीलालेख राख्ने निर्णय गरिएको छ ।
यस्तै बैठकले लामो दुरीको बसपार्क सञ्चालन एवम् व्यवस्थापनका लागि कोहलपुर बसपार्क सञ्चालन कार्यविधि २०७९ मा संशोधनसमेत गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्