एजेन्सी ।
पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँची। त्यो सहर जहाँ हरेक दिन प्रेम सम्बन्ध बन्ने र टुट्ने गर्छ। सहरको दुई करोड जनसङ्ख्यामा युवाको संख्या बढी छ। ती मध्ये अधिकांशले सोसल मिडिया र अनलाइन गेमिङ खेल्न धेरै समय खर्च गर्छन्।
यत्तिकैमा चार सन्तानकी आमा सीमा हैदरले पनि अनलाइन गेम पब्जी खेल्ने गर्थिन्। उनी सिन्धको खैरपुर जिल्लाकी बासिन्दा थिइन् तर कराँची बस्थिन्।
यो खबर आजकल भारतको मिडियामा चर्चामा छ। तर पाकिस्तानी मिडियामा भने केही खबर आएको छैन। किनकि पाकिस्तानमा प्रेम कथा वा प्रेम विवाहलाई सामान्यतया खासै महत्त्व दिइँदैन।

अनि परिन् पक्राउ
सीमा हैदर भारत आएपछि पाकिस्तानको कराँचीको मलिर क्यान्ट प्रहरी चौकीमा उजुरी परेको छ। उजुरीमा सीमा हैदर र उनका चार छोराछोरीलाई बेपत्ता भएको भनिएको छ। प्रहरीले यस विषयमा खोजी गर्न चासो देखाएको छैन।
यता भारतमा भने प्रहरीले सीमा हैदर र उनका प्रेमी सचिन मीणालाई पक्राउ गर्यो। सीमाका श्रीमान् गुलाम हैदर साउदीमा छन्। सीमा हैदर र उनका प्रेमी सचिनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्यो।
अहिले सीमा हैदर र उनका प्रेमी सचिन मीणा अदालतबाट धरौटीमा छुटेका छन्। उत्तर प्रदेशको ग्रेटर नोएडामा सचिनसँग भाडाको कोठामा बसेकी सीमालाई प्रहरीले यसै हप्ता पक्राउ गरेको थियो। अहिले उनलाई अदालतले जमानतमा छाडेको हो।

सीमा गुलाम हैदर र सचिन मीणाले जमानत पाएको र दुवै आफ्नो घर फर्किएको ग्रेटर नोएडाको रब्बुपुरा पुलिस स्टेसनका एसएचओ सुधीर कुमारलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। उनीहरूले घर छाडेर कतै गएमा अदालतलाई जानकारी गराउनुपर्नेछ।
उता साउदी अरबमा बस्दै आएका सीमाका श्रीमान् गुलाम हैदर भने श्रीमती सीमा र सचिनलाई फिर्ता लिन चाहन्छन्।
उनका पति गुलाम हैदरले भन्छन्, “म आफ्ना छोराछोरीलाई पाल्नको लागि साढे तीन वर्षदेखि यहाँ काम गरिरहेको छु। अहिले मेरी श्रीमतीले सम्बन्ध विच्छेद गरेको भन्ने झुटो बोलिरहेकी छिन्। यो झुटो हो। सीमालाई उनको प्रेमीले कसैले ब्ल्याकमेल गरिरहेको।’’
सन् २०१९ मा आफ्ना छोराछोरीलाई छोडेको भए उनीहरूले राष्ट्रिय परिचयपत्र कसरी पाए भन्दै उनले प्रतिप्रश्न गरेका छन्।









प्रतिक्रिया दिनुहोस्