खजुरा, राष्ट्रिय टिमका खेलाडी दिपकसिंह ठकुरीलाई खजुरा गाउँपालिका खेलकुद समितिले सम्मान गरेको छ । राष्ट्रिय टिममा छनोट भई एसिया कपबाट डेब्यू गरेका खजुरा गाउँपालिका वडा नम्बर २ का ठकुरीलाई उक्त समितिले शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

२५ हजार नगदसहित सम्मान गरिएको समितिका सदस्य सचिव छवि बिष्टले बताए । नेपाल र भुटानबीच भएको फुटबल खेलमा अन्तिम गोल गरेर नेपाली टिमलाई उनले विजयी बनाएका थिए ।
खेल क्षेत्रमा निकै लगाब भएको परिवारमा जन्मेका ठकुरीका बुवा पनि पूर्व फुटबल खेलाडी हुन । उनकी आमा दीपा पनि भलिबल खेलाडी हुन भने उनका दाजु विजय बाँकेका राम्रै खेलाडीमध्येमा पर्छन ।
पालिकामा रहेको खेलकुद समितिले विगतका दिनमा पनि थुप्रै खजुराका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई पहिचान दिने खेलाडीहरुलाई सम्मान गर्दै आएको छ ।
मनकामना युवा क्लबका अध्यक्ष माधव शर्माले पनि क्लबको तर्फबाट दोसल्ला ओढाएर सम्मान व्यक्त गरे । खेल जगतमा नेपालसँगै खजुराको मान र प्रतिष्ठालाई जोगाउन भूमिका खेलेको भन्दै पालिकाले सम्मान गरेको पालिका अध्यक्ष डम्बरबहादुर विक (तुफान) ले जनाए ।









प्रतिक्रिया दिनुहोस्