लुम्बिनीमा प्रदेश निजामती कर्मचारी सेवा ऐन आउँदै



दाङ ।

लुम्बिनीमा प्रदेश निजामती कर्मचारी सेवा ऐन आउने भएको छ।

लुम्बिनी प्रदेश सरकारले कर्मचारीहरूको हितलाई ख्याल गर्दै कर्मचारीको वृद्धि विकासका लागि प्रदेश निजामती कर्मचारी सेवा ऐन ल्याउन लागेको हो।

शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय समेत गरेको छ।

बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभा समक्ष पेश गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोषकुमार पाण्डेयले जानकारी दिए।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशमा रहेका कर्मचारीहरूको वृद्धि विकास र सहज व्यवस्थापनका लागि सरकारले ऐन ल्याउन लागेको र त्यो छिट्टै कार्यान्वयनको चरणमा जाने बताए।

मुख्यमन्त्री चौधरीले सबैको सुझाव समेटेर ऐन तयारी भएको बताए।

  • No tags available
प्रकाशित मिति : २०८० असार २२ गते शुक्रबार