महेन्द्रनगर ।
कञ्चनपुर र कैलालीमा प्रहरीले आइतबार पनि ब्राउनसुगरसहित एक युवती र एक युवकलाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट प्रहरीले तीन सय मिलिग्राम ब्राउनसुगरसहित १९ वर्षिया सिर्जना चौधरीलाई पक्राउ गरेको छ ।
आइतबार बिहान धनगढी उपमहानगरपालिका–४ की सिर्जनालाई शङ्काको आधारमा खानतलासी गर्दा उनको साथबाट ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कमा माया बोहराले सञ्चालन गरेको मामा नामक रेष्टुरेन्टबाट ०.६५ ग्राम ब्राउनसुगरसहित बेदकोट नगरपालिका–७ का २३ वर्षीय किरण जोशीलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले शङ्का लागेर चेकजाँच गर्दा किरणको साथबाट ब्राउनसुगर फेला परेको बताइएको छ ।
प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
प्रकाशित मिति : २०८० असार १७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्