काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकको एक जना ग्राहकको खाताबाट १२ लाख रूपैयाँ गायब भएको छ ।
नक्कली फेसबुक पेज बनाएर ठगी गर्ने गिरोहले जापानमा रहेकी नेपाली महिलाको १२ लाख २० हजार रूपैयाँ गायब पारेको हो ।
मोबाइल बैंकिङको पासवर्ड बिर्सिएपछि ति महिलाले बैंकको उक्त नक्कली फेसबुक पेजमा समस्या राखेकी थिइन् ।
उक्त पेजबाट मागिएको विवरण महिलाले उपलब्ध गराउने वित्तिकै पैसा गायब भएको पाइएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० असार १७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्