कोहलपुर, जिल्लाको राप्तीसोनारी र डुडुवा गाउँपालिकाका २४ वटा स्थानमा कचहरी नाटक प्रदर्शन गरिएको छ । कारितास नेपाल र सिआरएसको सहयोगमा समाज सेवा संस्था नेपाल हवलदारपुरले राप्तीसोनारी र डुडुवाका २४ वटा स्थानमा नाटक प्रदर्शन गरेको हो ।

संस्थाका अध्यक्ष विनोद थापाका अनुसार राप्तीसोनारी गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मका १५ वटा स्थान र डुडुवा गाउँपालिकाका तीनवटा वडाका नौ स्थानमा सडक नाटक प्रदर्शन गरिएको छ ।
उनले ती स्थानमा बाढी, आगलागी, डुबान, सडक दुर्घटना, सर्पदंश, वन वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणसम्बन्धी नाटक प्रदर्शन गरिएको बताए । राप्तीसोनारी र डुडुवा गरी १६ स्थानमा जेठ २५ गते ३० गतेसम्म र बाँकी वडाहरुमा असार ४ गतेसम्म प्रदर्शन गरिएको हो ।
‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी नाटक प्रदर्शन गरिएको छ ।
डुडुवा र राप्तीसोनारीका २४ वटा स्थानमा नाटक प्रदर्शन गरिएको हो,’ उनले भने, ‘विपद्सम्बन्धी नागरिकलाई नाटकका माध्यमबाट जानकारी दिने उद्देश्य रहेको थियो ।’ उनले समाज सेवा संस्थाले विभिन्न सामाजिक विषयवस्तुहरुमा काम गर्दै आएको बताए ।









प्रतिक्रिया दिनुहोस्