
बाँके ।
नरैनापुर गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा प्रहरी परिचालन गरेर विद्यालय सञ्चालन गरिएको छ । नेपाल विद्यालय कर्मचारी परिषदले आइतबारदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द घोषणा गरेको थियो ।
नरैनापुरमा भने नेपाल प्रहरी परिचालन गरेर विद्यालय सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । कतीपय विद्यालयमा लगाइएका ताला इलाका प्रहरी कार्यालय भगवानपुर मातहतबाट खटिएका प्रहरीले फोडेर विद्यालय सञ्चालनमा ल्याइएको हो ।
नरैनापुरमा तलब नपाएका अनुदान शिक्षकहरूले समेत आन्दोलन जारी रहेकै बेला परिषदले समेत विद्यालय बन्द गर्ने घोेषणा गरेपछि विद्यालय क्षेत्रमा सुरक्षा सर्तकता अपनाइएको थियो ।
पालिकाका सबै सामुदायिक विद्यालयहरूमा निर्वाध रुपमा पढाई भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।
कोहलपुर नगरपालिकाले समेत बिहानैदेखि विद्यालय सञ्चालनमा ल्याउन नगर प्रहरी परिचालन गरिएको छ । केही विद्यालयका ताला समेत फोडिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
नेपाल विद्यालय कर्मचारी परिषदले बजेटमा आफ्ना मागहरू नसमेटिएको भन्दै आइतबारदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चितकालिन रूपमा बन्दको घोषणा गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्