मेरो नाम चिनकला भण्डारी हो । म एक गरीब, भुमिहिन घर परिवारको सदस्य हुँ । मेरो घर जिल्ला बाजुरा हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छौयामा रहेको थियो । वि.स २०७५ सालमा बाढीपहिरोले घर खेत बगाएर लगेको हुँदा हामी विचलित परेका थियौ । बासँ बस्ने र पेट पाल्नको लागि रासन पनि केहीपनि थिएन ।

त्यस घटनापछि बालबच्चा र पेट पाल्नका लागि घुम्दैघुम्दै हामी बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखर भन्ने ठाउँमा आई हाईवे रोडको किनारामा त्रिपाल लगाई काम गरी गुजरा गदै आइरहेका थियौ । एक दिनको कुरा हो, जन जागरण महिला सघंका दिदीबहिनीहरु हामी बसेको ठाउँमा आएर सोधपुछ गर्नुभयो ।
हामीले पनि सबै दुःख कष्ठका कुराहरु सुनायौ । उहाँहरुले नआत्तिनु हामी हजुरहरुको साथमा छौँ भनेर सान्त्वना दिनुभयो । त्यसको भोलीपल्ट जन जागरण महिला सघंका दिदी बहिनीहरुले खाद्यन्न, सरसफाइ जन्य सामग्री, तथा लत्ताकपडा दिनुभयो । फेरि,नआत्तिनुहोला भनेर सान्त्वना दिएर जानुभयो ।
घरमा ६ जनाको परिवार छ । जसमध्ये ३ पुरुष र ३ महिला रहेका छौं । यसरी हाम्रा दुःखका दिनहरु बाटा किनारमा नै बस्दै आईरहेका थियौं । क्रममा फेरीपनि जन जागरण महिला सघंले श्री शारदा मावि मैनापोखरको ५ बिघा जग्गा ३ बर्षका लागि लिजमा लिई म लगाएत पाँच घरधुरी परिवारलाई एक÷एक बिघा छुट्टाई खेती गर्नका लागि चाहिने बिउबिजन, कृषि औजार दिनुभयो ।
यसरी हामीले सो जग्गामा मौषमी तथा बमौषमी तरकारी तथा अन्न बाली लगाई आफ्नो घर खर्च तथा बालबालिकाको पढाइ खर्च गर्न सजिलो भएको थियो । त्यसैगरि हाम्रो जीवनयापन चलिरहेको थियो । मिति २०७४ साल साउन २ गतेका दिन टेवा नेपालको आर्थिक सहयोग र जन जागरण महिला सघंको साझेदारीमा २ ओटा ब्याउने बाख्रा हस्तान्तरण गरिएको थियो । यसरी बाख्राहरु पाल्दै, खेतिपाती गर्दै आम्दानीको स्रोत बढाउँदै गयौ ।
बाख्राहरुको संख्यामा पनि वृद्धि हँुदै गए । हामीले खेतिपाती,बाख्रापालन गर्दै जाने क्रममा मिति २०७८ सालको असोज महिनामा आएको अविरल वर्षाको कारणले लगाएको तरकारी तथा घर भित्र्याउने बेलाको अन्नबाली पूर्णरुपमा नष्ट भई खान लगाउन अपुग भएको बेला खाद्यन्न तथा सरसफाई जन्य सामाग्री र ब्लयाङकेट वितरण गरी हामा्रे मनोबल र उत्प्रेरणा दिँदै जानुभयो । हामीले पनि हिम्मत नहारी दुःख गर्दै अगाडि बढ्दै गयौ ।
आज हामीगँ खान, लगाउन, बच्चाहरुको पढाइको लागि खर्च गर्न र दश धुर जमिन किनी दुई कोठाको टिनको कच्ची घर बनाउनुको साथै बार्षिक एक लाख ८० हजार रुपैयाँ बचत गर्न सफल भएका छौ । आज हाम्रो सफलता हासिल गराउने टेवा नेपाल, लुम्बिनी प्रदेश र जन जागरण महिला सघंलाई धन्यवाद व्यक्त गर्दछु ।









प्रतिक्रिया दिनुहोस्