नेपालगन्ज,
नरैनापुर गाउँपालिका–५, जमुनाहमा आगलागी हुँदा ११ घरसँगै एक गोठ जलेर नष्ट भएका छन् । उक्त आगलागीबाट करिब १७ लाख बराबरको क्षति भएको छ ।
प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

उक्त आगलागीमा मानवीय र चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । केशव यादव, जब्बर खाँ, रञ्जु यादव, बिहारीलाल कुम्हार, लहरी कुम्हार, अज्ञराम कुम्हार, लालमन यादव, रामचन्द्र लोहार, सल्मान खाँ, राजकरण कुम्हार र वन्सीलाल यादवको घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।
त्यस्तै फकिरे खाँको फुसले छाएको कच्ची गोठ पनि पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जनाए ।
‘फुसले छाएका कच्ची घर हुँदा घरहरुमा बढी क्षति भयो र आगो फैलियो,’ उनले भने, ‘उक्त आगलागीमा मानवीय क्षति भनेको भएको छैन ।’ आगलागीबाट खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएका छन् ।
आगलागीबाट १७ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्