नेपालगन्ज (बाँके), शनिबार राति नेपालगन्जस्थित बसपार्क फिडरमा रहेको ब्रेकरमा आगलागी भएको छ । एक्कासी उक्त ब्रेकरमा आगलागी हुँदा विद्युत् कटौती भएको थियो ।
ब्रेकरमा खराबी आएपछि धम्बोझी, कारकाँदो र राँझा क्षेत्रको पश्चिम क्षेत्रमा विद्युत् अबरुद्ध भएको नेपाल विद्युत् प्राधिरकण वितरण केन्द्र नेपालगन्जले जनाएको छ । विद्युत् कटौतीपछि उपभोक्ताले हैरानी व्यहोर्नु प¥यो ।
चर्काे गर्मीमा विद्युत् अबरुद्ध हुँदा समस्या झेल्नु परेको उपभोक्ताहरुले जनाएका छन् । ब्रेकर बनाउन समय लाग्ने भएपछि वैकल्पिक उपायबाट विद्युत् पुनः नियमित गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जका प्रमुख दिवाकर प्याकुरेलले जनाए । ‘राति १ः१५ बसपार्क सवस्देशनमा रहेको ब्रेकरमा आगलागी हुँदा विद्युत् अबरुद्ध भयो,’ उनले भने, ‘उक्त ब्रेकरण बनाउन समय लाग्ने हुँदा वैकल्पिक माध्यमबाट विद्युत् नियमित गरिएको छ ।’
बर्दियास्थित मैनापोखर सवस्टेशनबाट खजुरा हुँदा धम्बोझी, कारकाँदो, बसपार्क र राँझा क्षेत्रमा विद्युत् नियमित गरिएको उनको भनाइ छ ।
मैनापोखरमा ११ केभीको लाइन जडान गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले जनाएको छ ।
‘ब्रेकर बनाउँदा यस्तो गर्मीमा उपभोक्तालाई सास्ती हुने देखिएपछि वैकल्पिक उपायबाट विद्युत् सुचारु गरिएको छ,’ उनी भन्छन्, ‘आगलागी भएको ब्रेकर नबन्दासम्म मैनापोखरको विद्युत् प्रसारण हुन्छ ।’ मैनापोखरबाट वैकल्पिकरुपमा विद्युत् नेपालगन्ज जोडिएपछि उपभोक्तालाई केही राहत महसुस भएको छ । विद्युत् नहुँदा विद्युतीय सामग्रीबाट हुने काम प्रभावित भएका थिए ।









प्रतिक्रिया दिनुहोस्