हटाइयो युवा संघका ब्यानर र झण्डा



नेपालगन्ज,
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशनका बेला नेपालगन्जमा विभिन्न स्थानमा लगाइएका ब्यानर, पम्पलेट र झण्डाहरु हटाइएका छन् । महाधिवेशन सकिएको चार दिन बितिसक्दा पनि ब्यानर र झण्डाहरु नहटाइएको विषयमा सामाजिक सञ्जालमा प्रश्न उठेको थियो । त्यस विषयमा मिसन टुडे दैनिकले पनि समाचार प्रकाशन गरेको थियो ।

आइतबार मिसन टुडेसँग कुरा गर्दै युवा संघका नेता एवम् महाधिवेशनको स्थानीय व्यवस्थापनको अगुवाइ गरेका रवीन्द्र लम्सालले सोमबारबाट सरसफाइ गरिने बताएका थिए ।
उनले बताएअनुसार नै सोमबार सबै ब्यानर र झण्डाहरु हटाइएको छ । महाधिवेशनमा आएका पाहुनाहरुलाई स्वागतार्थ सडकको मध्यभागमा रहेका रुखहरुमा युवा संघका र नेकपा एमालेका सयौं झण्डाहरु बाँधिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख ५ गते मंगलबार