बाँसगढीमा अध्यक्ष पदमा महिला उम्मेदवार



बाँसगढी : बाँसगढी बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनले शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि प्रत्यक्षतर्फ विभिन्न विद्यार्थी संगठनले शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

स्ववियु निर्वाचनका लागि २५ जनाले उम्मेदवारी दर्ता गरेको स्ववियु निर्वाचन समितिका संयोजक बलराम भुजेलले बताए । उनका अनुसार अध्यक्ष पदमा अनेरास्ववियुबाट हरिकला अधिकारी, सचिवमा सुनिल चौधरी र कोषाध्यक्षमा मनिषा डाँगीले उम्मेदवारी दर्ता गरेका छन् ।

अखिल (क्रान्तिकारी)बाट रेखा कुमारी थारु, सचिवमा ज्योती थारु र कोषाध्यक्षमा रमिता थारुले उम्मेदवारी दर्ता गराएको उनले बताए । नेपाल विद्यार्थी संघबाट अध्यक्ष पदमा माया थारु, उसमान अन्सारी र कोषाध्यक्ष गीता डि.सी.ले उम्मेदवारी दर्ता गराएका छन् ।

तीनै संगठनले सदस्य पदमा समान ५ जना गरी कुल १५ जनाले उम्मेदवारी दिएका हुन् । आगामी चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन २८ गते आइतबार