काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो, आकस्मिक अवतरणको तयारी



काठमाडौं ।

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।

सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ ।

विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलले टावरलाई यसबारे जानकारी गराएका थिए । सो जहाज धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार