मिसन संवाददाता : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) बागेश्वरी बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रशासनलाई समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ । विभिन्न चार बुँदै माग राख्दै क्याम्पस प्रमुखलाई अखिल क्रान्तिकारीले ध्यानाकर्षण गराएको हो ।

बागेश्वरी बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष दीपेन्द्र शाहीका अनुसार कमिटीले लामो समयदेखि उठाउँदै आएका माग पूरा नभएकोले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराइएको हो । उनले ध्यानाकर्षण पत्रमार्फत क्याम्पसमा नियमित पठनपाठन र कक्षा सञ्चालन निर्वादरुपमा हुनुपर्ने, पुस्तकालयमा पुस्तक अभावको समस्या हल गरिनुपर्ने माग गरिएको बताए ।
यस्तै खेलकुद सामग्रीको अभाव रहेकोले तत्काल पूर्ति गरिनुपर्ने र छात्राहरुलाई मध्यनगर गरी चाडोभन्दा चाडो सेनेटरी प्याडको व्यवस्थापन हुनुपर्ने माग गरिएको अध्यक्ष शाहीको भनाइ छ ।
‘समसामयिक विषयमा क्याम्पस प्रशासनका ध्यानाकर्षण गराएका छौँ । विभिन्न चार बुँदै मागसहित ध्यानाकर्षण पत्र बुझाइएको छ । हाम्रा माग सम्बोधन गर्ने क्याम्पस प्रशासनले प्रतिबद्धता जनाएको छ,’ उनले भने । क्याम्पस प्रमुख दानबहादुर हमालले विद्यार्थीहरुका जायज मागलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्