प्रेस युनियन लुम्बिनीको अध्यक्षमा गौतम, महासचिवमा गिरी



बाँके ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा सुदीप गौतम निर्विरोध चयन भएका छन् । बिहीबार दाङको घोराहीमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिको खुला उपाध्यक्षमा जयसिंह केसी, महिला उपाध्यक्षमा शारदा मल्ल, समावेशी उपाध्यक्षमा पहलमान घर्ती चयन भएका थिए । यस्तै महासचिवमा नवीन गिरी, खुला सचिवमा सूर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेशी सचिवमा शम्शेरविक्रम जिसी र कोषाध्यक्षमा सिपी खनाल चयन भएका छन् ।

कार्यसमिति सदस्यमा प्रकाश रेग्मी, वसन्त वन्जाडे, तेजेन्द्र केसी, सुदीप भण्डारी, गौरव गिरी, विष्णु आचार्य, पारस भण्डारी र दिलीप खडका चयन भए । यस्तै प्रमोद आचार्य, रवीन शर्मा चापागाईँ, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सीमा भट्टराई, ओमा कँडेल, पूजा पन्थी, दुखहरण यादव, रवीन्द्र यादव र सुरेश परियारसमेत चयन भएको महासचिव गिरीले जानकारी दिए ।

अधिवेशनबाट लेखा समिति संयोजकमा मुक्तिप्रसाद न्यौपाने र सदस्यहरुमा इन्द्रजीत रेग्मी र प्रकाश घिमिरे चयन भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ ७ गते शनिबार