कास्कीका सिडिओ भन्छन्- विमानस्थलबाट २ किलोमिटर पर जहाज दुर्घटना परेको छ



आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। अवतरणका क्रममा रहेको जहाज विमानस्थलदेखि २ किलोमिटर पर सेतीको खोंचमा दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

‘अहिले सुरक्षाकर्मी गएका छन्। विस्तृत जानकारी आउन बाँकी छ,’ केसीले भने। पोखरा-१५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्। जहाजमा आगो लागेको छ। काठमाडौंमा गएको जहाजमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।

स्थानीय सुनिल रानाभाटका अनुसार आगो ठूलो छ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १ गते आइतबार