साझाको २३औँ साधारणसभा सम्पन्न (फोटोफिचर)



कोहलपुर (बाँके) ।

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नाराका साथ सहकारी संस्था लिमिटेड कोहलपुरको २३औँ साधारणसभा सम्पन्न भएको छ । कोहलपुरमा संस्थाका अध्यक्ष पारसनाथ थारुको अध्यक्षतामा शुक्रबार उक्त साधारणसभा सम्पन्न भएको हो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख तथा प्रमुख अतिथि पूर्णप्रसाद आचार्यले कलशमा बत्ती बालेर साधारणसभाको उद्घाटन गरेका थिए । सहकारीको वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत संस्थाका सञ्चालक समिति अध्यक्ष थारुले गरेका थिए ।

आर्थिक वर्ष २०७७/०७८ सम्म आठ हजार पाँच सय सातजना शेयर सदस्य रहेकोमा आव २०७८/०७९ मा शेयर सदस्यहरु बढेर आठ हजार सात सय ४७ जना पुगेका बताए । कुल शेयर पूजी २०७७/०७८ सम्ममा ५० करोड दुई लाख १४ हजार चार सय रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा बढेर ५८ करोड नौ लाख आठ हजार पाँच सय भएको छ ।

त्यस्तै आव २०७७/०७८ मा निक्षेप बचत संकलन ३१ करोड ५३ लाख ४१ हजार चार सय ८३ रहेकोमा वृद्धि भएर २०७८/०७९ मा ३५ करोड चार लाख ६५ हजार ६ सय ५६ रुपैयाँ र कर्जा लगानी आव २०७७/०७८ मसान्तमा विभिन्न शीर्षक ऋण लगानी ३८ करोड २३ लाख २३ हजार पाँच सय ४५ गरेकोमा आव २०७८/०७९ मा ५२ करोड ९४ लाख ४७ हजार आठ सय कुल कर्जा लगानी अत्यत सावधानीपूर्वक र बलियो धितो छ ।

संस्थाको शेयर लगानी संस्थाले विभिन्न संघ संस्थाबाट कारोबार शेयर खरिद गर्ने नीतिअनुसार बैंक, संस्थाको शेयरमा आव २०७८/०७९ मसान्तसम्म पनि पाँच लाख ५१ हजार तीन सय लगानी गरेको छ । त्यस्तै संस्थाले आव २०७७/०७८ मा खुद बचतअर्थात शुद्ध नाफा एक करोड २३ लाख १० हजार चार सय ६ रुपैयाँ गरेको छ भने आव २०७८/०७९ वृद्धि भइ एक करोड ७७ लाख ९५ हजार पाँच सय रुपैयाँ गरेको छ ।

‘एकका लागि सबै, सबैको लागि एक’ भन्ने सहकारीको मुल भावनालाई आत्मसाथ गर्दै संस्थाले सदस्य र समुदायको विश्वासलाई कायम गरेको अध्यक्ष थारुले बताए । त्यस्तै लेखा परीक्षण प्रतिवेदन भने लेखा संयोजक कालीबहादुर वलीले प्रस्तुत गरेका थिए ।

आगामी कार्ययोजना वरिष्ठ सहकारी व्यवस्थापक जुल्फेकार अलिले गरेका थिए । सहकारीहरु बजार केन्द्रित मात्र नभइ समुदाय केद्रित पनि हुनु पर्ने जिल्ला बहुद्देश्य सहकारी संघ बाँकेका प्रमुख भुपेन्द्रप्रसाद अधिकारीले बताए । उक्त अवसरमा उत्कृष्ट शेयर सदस्य, ज्येष्ठ सदस्यलाई दुई हजारका दरले सम्मानसमेत गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस २९ गते शुक्रबार