नेपालगन्जमा दादुरा प्रकोप: संघ सरकारको बेवास्ता



नेपालगन्ज ।

नेपालगन्जमा दादुरा देखिएको केही दिनमै संक्रमितको संख्या ९० पुगिसकेको छ । एकजनाको ज्यान गइसकेको छ । तर संघ सरकार यसबारेमा गम्भीर नबनेको पाइएको छ ।

दादुराको महामारी रोक्न अहिले नेपालगन्ज उपहमानगरपालिका एक्लै संघर्ष गरिरहेको छ । जसमा प्राविधिक सहयोग प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य कार्यालय बाँकेले गरिरहेको छ । तर सबैभन्दा बढी स्रोत साधन भएको संघ सरकार मुकदर्श भएर बसिरहेको छ ।

हुन त सोमबार स्वास्थ्य सेवा विभाग स्वास्थ्य महाशाखा निर्देशक डा.सर्वेश शर्मा, परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ नेपालगन्जमा आएर सल्लाह सुझाव त दिएर गए । तर अहिले नेपालगन्जलाई संघ सरकारबाट ‘¥यापिड रेस्पोन्स टिम’कै जरुरत रहेको नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल बताउँछन् ।

तर संघ सरकारबाट केही प्रतिनिधिहरु आएर सल्लाह दिँदैमा अहिलेको समस्या समाधान नहुने उनको धारण छ । ‘प्रकोपकै रुपमा स्वीकारीसकेपछि संघ सरकारबाट केही न केही रेस्पोन्स हुनुपथ्र्याे ।

हुन त खोप संघ सरकारकै हो । तर अहिलेको अवस्था त्यतिले मात्रै समाधान हुने देखिँदैन । संघ सरकारबाट यस विषयका विशेषज्ञहरुको टिम नै केही दिन नेपालगन्जमै बसिदिए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने । अहिले विश्व स्वास्थ्य संगठन र युनिसेफले सहजीकरणामा सघाइरहेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. सञ्जयकुमार ठाकुर भने आधिकारिक संयन्त्रमार्फत आवश्यकताको माग हुनुपर्ने बताउँछन् । मिसन टुडेसँग कुरा गर्दै ठाकुरले भने, ‘¥यापिड रेस्पोन्स टिम नखटेको होइन । अहिले पनि फिल्डमै छ ।

नियमित रिपोर्टिङ गरिरहकै छ । आवश्यकता के हो ? भन्ने विषयमा लोकल लेभलबाट उहाँहरुमार्फत नै भने पनि हुन्छ । तर आधिकारिक च्यानलबाट आउनुप¥यो,’ उनले भने । आफूहरुले यस अवस्थालाई गम्भीरतापूवर्क हेरिरहेको र पहलकदमीहरु लिइरहेको उनले दाबी गरेका छन् ।

शिवप्रसाद रिजाल
प्रमुख प्रशासकीय अधिकृत

प्रकोपकै रुपमा स्वीकारीसकेपछि संघ सरकारबाट केही न केही रेस्पोन्स हुनुपथ्र्याे । विशेषज्ञहरुको टिम नै नेपालगन्जमा बसिदिए हुन्थ्यो ।

डा. संजयकुमार ठाकुर
प्रमुख, स्वास्थ्य समन्वय महाशाखा

¥यापिड रेस्पोन्स टिम फिल्डमै छ । नेपालगन्जको आवश्यकता के हो ? भन्ने विषयमा लोकल लेभलबाट उहाँहरुमार्फत नै भने पनि हुन्छ । तर आधिकारिक च्यानलबाट आउनुप¥यो ।

 

 

  • No tags available
प्रकाशित मिति : २०७९ पुस २७ गते बुधबार