आजको मौसम: तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने



काठमाडौं ।

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने हुनाले जनजीवन प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढ्नेक्रम जारी रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ ।

आज बिहीबार प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा हिमपात हुनेछ । आज राति पनि सोही प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य ठाउँमा मौसम सफा रहने छ ।

भोलि शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको छ । त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ ।

सोहीअनुसार २३ गते शनिबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रहने छ । आगामी २४ घण्टाभित्र प्रदेश १ को हिमाली भूभागमा हिमपात हुने र तराईका जिल्लामा लाग्ने बाक्लो हुस्सु कुहिरोले हवाइ यातायात समेत प्रभावित हुने विभागले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ पुस २१ गते बिहीबार