सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियान्ताहरुले नेपाली ढाका टोपी, भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित सरकारलाई दबाब दिँदै आएका छन् ।
बाँके ।
आइतबार बाँकेसहित देशभरका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस मनाइएको छ । नेपालगन्जमा दिवसको अवसरमा नेपालगन्ज साइक्लिङ क्लबले साइकल यात्राको आयोजना गरेको थियो ।
उपमहानगरपालिका कार्यालयको गेटबाट सुरु भएको साइकल यात्रा विपी चोक, धम्बोजी चोक, सेतु विक चोक, न्युरोड, त्रिवेणी मोड, त्रिभुवन चोक, चारबाहिनी, गणेशमान चोक हुँदै उपमहानगरपालिकाको गेटसम्म पुगेर सम्पन्न भएको हो ।
राष्ट्रिय पोसाक तथा टोपी दिवसको अवसरमा साइकल यात्राको आयोजना गरिएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।
उनका अनुसार साइकल यात्रामा सहभागी सबैले ढाका टोपी लाएर साइक्लिङ गर्दै शहर परिक्रमा गरेका थिए ।
‘मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान’ भन्ने नारासहित दिवस मनाइएको थियो । पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा टोपी दिवस मनाउन थालिएको १० वर्ष भएको छ । १ जनवरी २०१४ देखि मनाउन थालिएको यो दिवसमा संसारभरीका नेपालीले आ–आफ्नो समुदायले प्रयोग गर्ने टोपी लगाएर यो दिवस मनाउछन् ।
राष्ट्रिय टोपी दिवसका अवसरमा काठमाडौं लगायत विभिन्न शहरहरुमा टोपी प्रदर्शन गरिएका थिए । आ–आफ्नो आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाइ, फोटो खिचेर नेपाली टोपी दिवसको फेसबुकमा र आफ्नो आफ्नो सामाजिक संजालमा शेयर गर्ने प्रचलन रहेको
छ ।
सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियान्ताहरुले नेपाली ढाका टोपी, भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित सरकारलाई दबाब दिँदै आएका छन् ।
यो अभियानको थालनी कर्ता मध्येका डा.लेखनाथ काफ्ले र शंकर बन्जाडे लेख्छन, ‘स्थापनाको पहिलो तीन वर्ष प्रचारप्रसार र यसको अवधारणा स्थापित गर्नमै लाग्यो । तर यहाँसम्म आइपुग्दा टोपी दिवस सार्वजनिक पर्व वा दिवसकै रुपमा स्थापित भइसकेको छ ।’









प्रतिक्रिया दिनुहोस्