बाँके १ प्रदेश (क) मा नमुना विजयी



बाँके ।

बाँके क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) की कृष्णा केसी (नमुना) पुनः विजयी भएकी छिन् ।
ढकिया चुनाव चिन्ह लिएरका साेमनाथ थारुलाई हराउँदै नमुना पुनः प्रदेश सांसदमा विजयी भएकी हुन् ।

उनी लुम्बिनी प्रदेशमै विजयी हुने पहिलो लुम्बिनी प्रदेशसभा सदस्य समेत हुन् । यसअघि समेत २०७४ सालमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको घोषणा गर्न भने बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार