धनकुटा — धनकुटा नगरपालिका ९ बेलहारामा शंकास्पद वस्तु भेटिएको छ । डल्लो वस्तुमा तार बेरिएको देखिएपछि प्रहरीले सुरक्षा सतर्कता कायम गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

त्यहाँस्थित अस्थायी प्रहरी चौकीबाट करिब डेढ किलोमिटरको दूरीमा उक्त वस्तु फेला परेको हो । घटनास्थलमा नेपाली सेनाको डिस्पोजल टोली प्रस्थान गरेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । निर्वाचनलाई प्रभावित पार्न उक्त वस्तु राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्