लेनदेन मुद्दामा फरार कोहलपुरका थारु पक्राउ



बाँके ।

जिल्ला प्रहरी कार्यालय बाँकेले लेनदेन मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–३ का ४० वर्षीय रामकृष्ण थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बाँके जिल्ला अदालतले २०७९ असोज २८ गते लेनदेन मुद्दामा दुई वर्ष कैद सजाय तोकेको थियो । सोही बेलादेखि नै फरार रहेका थारुलाई प्रहरीले घरमै लुकिछिपी बसिरहेको अवस्थामा घरबाटै पक्राउ गरेको हो ।

उनीलाई आवश्यक कारबाहीको लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २१ गते सोमबार