बाँके ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले जुवा खालमा छापा मारेर नगदसहित १२ जुवाडेलाई पक्राउ गरेको छ ।
कोहलपुरमा रहेको एक होटलको कोठामा भइरहेको जुवा खालमा छापा मारेर प्रहरीले बिहीबार बिहान करिब २ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका जुवाडेहरुको साथबाट २ लाख ३१ हजार रुपैयाँ नगद समेत बरामद भएको कोहलपुर प्रहरी स्रोतले जनाएको छ ।
यसबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिइने कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ असोज २७ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्