हिरोका मोटरसाइकल र स्कुटर किन्दा अफरैअफर



बाँके ।

बाँकेका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता एमएस ट्रेड इन्टरनेसनलले चाडपर्व लक्षित विशेष अफर ल्याएको छ । कोहलपुर र नेपालगन्जमा रहेका हिरोका शोरुमबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्नेहरुका लागि विभिन्न अफर ल्याइएको हो ।

नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता नेपाल जनरल मोटर्सले लागु गरेको ‘आहा दसैं अफर’ बाँकेमा समेत लागु रहेको एमएस ट्रेड इन्टरनेसनलले रहेको छ ।

चाडपर्वको उमंग हिरो चढी दंग अफरमा हिरोका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा अनिवार्यरुपमा सात हजार पाँच सय छुट र स्क्राच कार्डमार्फत एक लाखसम्म छुट पाउने अफर रहेको छ । बम्पर उपहारमा एकजनालाई एक लाख रुपैयाँ उपलब्ध गराइने एमएस ट्रेड इन्टरनेसनल कोहलपुरले जनाएको छ ।

शून्य प्रतिशत डाउनपेमेन्टमा हिरोको मोटरसाइकल वा स्कुटर उपलब्ध गराएको कम्पनीले पाँच मिनेटमा एक्सचेञ्ज ग्यारेन्टीको साथमा पाउने जनाएको छ ।

नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता नेपाल जनरल मोटर्सले दसैंतिहार, छठलगायतका पर्वको अवसरमा ‘आहा दसैं अफर’ सार्वजनिक गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रबार