बाँके ।
चाडपर्वलाई ध्यानमा राखेर नेपालका लागि टीभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘कायापलट’ नामको विशेष योजना ल्याएको छ । योजना देशभरिका टिभिएसका शोरुममा लागु भइसकेको जगदम्बा मोटर्सले जनाएको छ ।
दसैंतिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर ल्याइएको योजना बाँके, बर्दिया, सुर्खेत, दाङलगायतका जिल्लामा रहेका शोरुममा समेत लागु भएको जगदम्बा मोटर्सका भेरी क्षेत्रका रिजनल अफिसर प्रकाश श्रेष्ठले जानकारी दिए ।
‘कम्पनीले ल्याएको चाडपर्व लक्षित कायापलट योजना हाम्रो क्षेत्रमा समेत लागु भइसकेको छ,’ उनले भने, ‘ग्राहक महानुभावले समेत एकदमै मन पराइदिनुभएको छ ।’ योअन्तर्गत टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार ग्राहकहरुले प्राप्त गर्न सक्छन् ।
अफरअन्तर्गत बाइक नकिन्दै कम्पनीको लिंकमा गएर फर्म भर्दा एक लाख जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको उनले जानकारी दिए । योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई ‘रियलमी सी ३० स्मार्ट फोन’ प्रदान गरिनेछ ।
साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गराउने भएको छ । योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ ।
जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २ सय रुपैयाँको मासिक ईएमआईमा बाइक तथा स्कुटर किन्न सकिनेछ । टिभिएसको नेपालगन्जको लागि आधिकारिक बिक्रेता ग्रेस एण्ड ग्लोवल र कोहलपुरका लागि पानस अटो मोटिभ्समा अफर अन्तर्गत यस क्षेत्रका ग्राहकहरुको आकर्षण देखिएको बताइएको छ ।
‘यस क्षेत्रका टिभिएसका आधिकारिक शोरुममा मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकहरुको भिड लाग्ने गरेको छ’ रिजनल अफिसर श्रेष्ठले भने, ‘विभिन्न योजनाहरु समेत ग्राहकहरुले जित्नुभएको छ । मोटरसाइकल र स्कुटर खरिद गर्न चाहनेले नजिकैको टिभिएस शोरुममा गएर खरिद गर्न सक्नुहुनेछ ।’
एकै खरिदकर्ताले पाए दुईटा अफर
ग्रेस एण्ड ग्लोवल नेपालगन्जबाट टिभिएसको स्कुटर खरिद गरेका एकजनाले दुईवटा अफर हात पारेका छन् । टिभिएसले चाडपर्व लक्षित गरेर ल्याएको कायापलट योजनाअन्तर्गत एकजनाले दुईवटा अफर जितेका हुन् ।
स्कुटर खरिद नगर्दै चार हजार र खरिद गरिसकेपछि सुनिल सिंहलाई २५ हजार रुपैयाँ परेको हो । उनीलाई नकिन्दै चार हजार र किनिसकेपछि २५ हजार रुपैयाँ परेको ग्रेस एण्ड ग्लोवल नेपालगन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्