दसैं तिहार लक्षित फोटो प्रतियोगिता हुने



बाँके ।

बाँकेमा नेपाली हिन्दू धर्मावलम्बीहरुको महान् पर्व विजया दसैं तथा तिहारको अवसरमा फोटो प्रतियोगिता हुने भएको छ । फोटो कन्टेस्ट २०७९ नामक एक स्वयम्सेवक संस्थाको आयोजनमा फोटो प्रतियोगिता हुन लागेको हो ।

आयोजक फोटो कन्टेस्टका कार्यक्रमका संयोजक गणेश विष्टका अनुसार ‘दसैं तिहारको उमंग, मनाउनेछौँ तपाईँसँग’ भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता असोज १० गतेदेखि कात्तिक ११ गतेसम्म सामाजिक सञ्जाल अनलाइन फेसबुकमार्फत सञ्चालन हुने हुनेछ । उनले प्रतियोगितामा बाँके जिल्लाका व्यक्तिहरुले मात्रै भाग लिन पाउने बताए ।

सहभागी हुने प्रतियोगीको फोटोमा प्राप्त हुने लाइक र सेयरको आधारमा मूल्याकंन गरी प्रथम, द्वितीय र तृतीय छनोट गरिने उनको भनाइ छ । प्रतियोगिताबाट प्रथम हुनेलाई नगद पाँच हजार, आकर्षक चाँदीको औँठी, निःशुल्क डेण्टल उपचार र एक महिना निःशुल्क नृत्य अभ्यासको पुरस्कार र सुविधा प्रदान गरिने छ ।

द्वितीय स्थान हासिल गर्नेले नगद तीन हजारसहित अन्य सुविधा र तृतीय हुनेले नगद दुई हजारसहितका पुरस्कार र सेवा पाउने विष्टले जानकारी दिए । प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले आचारसंहिता पालना गरी सहभागी जनाउन सकिने बताइएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ असोज १० गते सोमबार