कोहलपुरको पिपरीमा ट्याङकरको ठक्करबाट एक गम्भीर घाइते



बाँके ।

कोहलपुर नेपालगन्ज सडक खण्डको पिपरी चोकमा ट्याङकरको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन् । कोहलपुरबाट नेपालगन्जतर्फ गइरहेको ट्याङकरले पिपरी चोकको जेब्रा क्रसमा ठक्कर दिएको थियो ।

गम्भीर घाइते साईकलयात्रीलाई स्थानीयले उद्दार गरेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाएका छन् । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ९ गते आइतबार