कोहलपुर ।
हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले पाँच सय पुस्तक संकलन गरेर जयन्दु बालसुधार गृहलाई प्रदान गरेका छन् ।
संकलित पुस्तक बुधबार बालसुधार गृहको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलाई प्रदान गरिएको हो ।
पाण्डेले बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले प्रदान गरेका एक सय थान, मदन पुरस्कार गुठीले एक सय थान, पाण्डे स्वयम्ले एक सय थान, एभरेष्ट पुस्तक भण्डार पुतली सडकले ५० थान, निमा पुस्तक पब्लिकेसनले ५० थान, माछापुच्छ«े पुस्तक भण्डार नेपालगन्जले ५० थान पुस्तक प्रदान गरेका जानकारी दिए ।
यसैगरी सेञ्चुरी कमर्सियल बैंकले सात थान दराज र ५० थान पुस्तक एवम् माछापुच्छ«े बैंकले दुई थान दराज र ५० थान पुस्तक प्रदान गरेका पनि उनले जानकारी दिए । सुधार गृहका लागि पुस्तक संकलनको काम निरन्तर जारी रहने उनले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्