सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घट्यो



काठमाडौं ।

सोमबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आइतबारको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँ घटेर ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको हो। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ३ गते सोमबार