खजुराका युवक लागुऔषध ब्राउनसुगरसहित पक्राउ



बाँके ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित बाँकेमा एक युवक पक्राउ परेका छन्। खुजुरा गाउँपालिका वडा नं. ४ एल गाउँका २९ वर्षीय आशिष चौधरी पक्राउ परेका हुन्।

उनी चार ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित बिहीबार पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भारतबाट नेपालतर्फ पैदल हिँडेर आइरहेका चौधरीलाई आशंका लागेर चेक गरेका थिए।

उनीबाट पाँच वटा सानो पोकामा ब्राउनसुगर बरामद भएको हो। थप अनुसन्धानका लागि म्याद थप्नका लागि जिल्ला अदालतमा लगिएको डिएसपी घर्तीले जानकारी दिए।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ३१ गते शुक्रबार