लागुऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ



दाङ ।

लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको टोलीले ५ ग्राम १२० मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका– ५ घर भई हाल घोराही उपमहानगरपालिका– १५ बस्ने २३ वर्षीय रवीन बोहरा रहेका छन् ।
लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले उनीलाई खानतलासी गर्दा पाईन्टको गोजीबाट १२ वटा पुडिया ब्राउनसुगर बरामद भएको थियो ।

पक्राउ परेका बोहरामाथि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २६ गते आइतबार