अब महिनाको अन्तिम शनिबार कोहलपुरका पसलहरु खुल्ने



कोहलपुर (बाँके) ।

कोहलपुरमा प्रत्येक महिनाको अन्तिम शनिबार बन्द हुँदै आएको व्यवसाय बजार अब नियमित खुला रहने भएको छ । कोहलपुर उद्योग वाणिज्य संघले शुक्रबार यस्तो निर्णय गरेको हो ।

विजया दशमी तथा छठ पर्वको अवसरमा अब प्रत्येक महिनाको अन्तिम शनिबार हुने बजार खुला गरिने बताइएको छ ।

उपभोक्ताको हितलाई मध्यनजर गर्दै कात्तिक मसान्तसम्म सम्पूर्ण व्यवसाय बजार खुला रहने र मंसिर महिनादेखि अन्तिम शनिबार बन्द यथावत रहने कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

No description available.

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २५ गते शनिबार