नेपालगन्जमा छाडा चौपाया व्यवस्थापन गर्न पहल



नेपालगन्ज ।

नेपालगन्जमा भदौ बहिनाभित्र छाडा पशु चौपाया व्यवस्थापन गर्नेगरी पहल थालिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बिहीबार सर्वपक्षीय बैठक आयोजना गरी छाडा पशु चौपायाको दीर्घकालिन र अल्पकालिन समाधानका विषयमा छलफल गरेको छ ।

बैठकबाट भदौं महिनाभित्र पशु चौपाया (गाई, गोरु, गधा, खच्चड, घोडा, बंगुर) सडकमा छाडा नछोड्न आग्रहसहित माइकिङ सहितको प्रचारात्मक कार्यक्रम चलाइने निर्णय गरिएको छ ।

भदौ मसान्तपछि पशु चौपाय छाडा छोड्नेलाई कारबाही गर्ने र यसरी छोडिएका पशु चौपायलाई राख्नका लागि अस्थायी संरचना बनाएर व्यवस्थापन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताएका छन् ।

छाडा पशुु चौपायका कारण नगरको ट्राफिक ब्यवस्थापनमा असहजता भएको र दुर्घटना पनि बढेको भन्दै नगर प्रमुख विष्टले सडकमा छाडा छोडिएका पशु चौपायालाई अन्यत्र राखेर अल्पकालिन व्यवस्थापनमा तत्काल जुटेको उनले जानकारी दिए ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २३ गते बिहीबार