टिकटक बनाउँने क्रममा दाङमा भीरबाट खसेर एक युवकको मृत्यु



दाङ ।

टिकटक बनाउँनेक्रममा दाङमा भीरबाट खसेर एक युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ ।

शनिबार बिदाको दिन साथीहरूसँग घुमघामका लागि दाङ–सल्यानको सीमा क्षेत्रमा पर्ने राम्री पुगेर फर्कने क्रममा तुलसीपुर–७ का ३४ वर्षीय नविन केसी तुलसीपुर –३ साततलेमा टिकटक बनाउने क्रममा गएराति नै भीरबाट ८० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

इप्रकाका प्रहरी निरीक्षक बखत शाहीले घाइते अवस्थामा उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको र उनलाई केहीबेरमा चिकित्सकले मृत घोषणा गरेको वताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १९ गते आइतबार