नेपालगन्ज ।
जिल्ला समन्वय समितिमा नरेन्द्र चौधरीको नेतृत्वमा नयाँ समिति गठन भएको डेढ महिना बितिसकेको छ । तर, अहिले पनि समितिको वेबसाइटमा निवर्तमान प्रमुख अजय श्रीवास्तवको नाम र फोटो नै छ । नयाँ जनप्रतिनिधिको विवरण अपलोड गरिएको छैन ।
सरकारी आधिकारिक वेबसाइटमा असम्बन्धित व्यक्तिको फोटो र नाम राखिनुले हाम्रा सरकारी संस्थाहरु कति प्रविधिमैत्री छन् भन्ने पनि पुष्टि गर्छ । समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले वेबसाइटमा आफ्नो नाम अपडेट नभएकोमा अनभिज्ञता प्रकट गरे ।
उनले आफूले उक्त नाम अपडेट गर्न लगाइने पनि बताए । यति मात्रै होइन, समितिको वेबसाइट २०७६ सालयता अपडेट नै भएको छैन । हरेक वर्ष आर्थिक वर्ष सकिएपछि जिल्लाका सबै स्थानीय तहको समीक्षात्मक बैठक जिल्ला समन्वयले आयोजना गर्छ । उक्त बैठकमा सबै स्थानीय तहले आफ्नो कार्यप्रगतिका बारेमा जानकारी गराउने गरेका छन् ।
स्थानीय तहले उपलब्ध गराएका ती प्रगति विवरणहरु पनि वेबसाइटमा अपलोड गर्न सकिने भए पनि जिल्ला समन्वय समिति यसप्रति उदासिन छ । कार्यक्षेत्र र जिम्मेवारीका हिसाबले जिल्ला समन्वय समिति कति निष्क्रिय हुँदै छ भन्ने उदाहरण उसको वेबसाइट पनि हो ।









प्रतिक्रिया दिनुहोस्