नेपालगन्जबाट लगेको राँगोले काठमाडौंमा आतंक मच्चाएपछि गोली हानेर मारियो



काठमाडौं ।

नेपालगन्जबाट काठमाडौं ल्याइएको राँगोले आतंक मच्चाएको छ । नेपालगन्जबाट शुक्रबार बिहान काठमाडौं ल्याइएको राँगो थानकोटमा झार्ने क्रममा भागेको थियो ।

सडकबाट भागेको राँगो बस्तीमा प्रवेश गरेको, प्रहरीसहितको टोलीले नियन्त्रणमा लिने प्रयास गर्दासमेत नियन्त्रणमा लिन नसकेपछि गोली प्रहार गरिएको थियो ।

बस्तीमा प्रवेश गरेको राँगो अनियन्त्रित भएर भागेपछि नियन्त्रणमा लिन गोली प्रहार गर्नुपरेको प्रहरी प्रभाग नागढुंगाका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले पनि गोली हानेर राँगो नियन्त्रणमा लिनुपरेको बताए ।

“सडकबाट बस्तीमा प्रवेश गरेको राँगोले आतंक मच्चाएपछि गोली हानेर नियन्त्रणमा लिइएको हो,” उनले भने, “थानकोट इलाकामा करिब तीन किलोमिटर टाढासम्म पछ्याउँदा पनि नियन्त्रणमा लिन नसकेपछि गोली प्रहार गर्नुपरेको थियो । चन्द्रागिरि क्षेत्रको गोदामचौरमा पुगेपछि गोली हानिएको हो ।”

  • No tags available
प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रबार