बर्दिया ।
बर्दियामा माछापोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–२ फुटाहास्थित माछापोखरीमा डुबेर स्थानीय दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय ९ वर्षीय भुवन भण्डारी र ८ वर्षीय युवराज बोहरा रहेका छन् । घर नजिकै रहेको राजन शर्माको माछापोखरीमा पौडी खेल्ने क्रममा बुधबार उनीहरुको डुबेर हुन् ।
सुरक्षाकर्मीले दुबै जनाको माछापोखरीबाट उद्दार गरेर उपचारका लागि बर्दिया जिल्ला अस्पताल गुलरियामा पठाएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्