बर्दिया ।
बर्दियामा लागुऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् । जिल्लाको बढैयाताल गाउँपालिका– २ फुटाहाको भारतीय सीमा नजिकैबाट तीनजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
लागुऔषध ब्राउनसुगरसहित पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–३ का उमेश खत्री, कृष्ण प्रसाद थारु र सुनिल थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
लागुऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी जमुनीको प्रहरी टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ३ ग्राम ३९० मिलिग्राम ब्राउनसुगर र नगद १० हजार एक सय २० रुपैयाँ बरामद भएको डीएसपी सुवेदीले बताए ।
पक्राउ परेका तीनै जनामाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धानको लागि बर्दिया जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्