बाँके ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले नेपालगन्ज–२० राँझाबाट देखी कण्ठिपुर जाने सडक बाटोमा ६ ग्राम ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२२ पुरैनीका ३२ वर्षिय भगवन्त लोनिया रहेको कोहलपुर प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो कण्ठीपुरबाट राँझा चोकतर्फ आउँदै गरेको भे १२ प ३०१९ नम्बरको मोटरसाईकल रोकी चेक जाँच गर्दा मोटरसाईकल चालक लोनियाले लगाएको हाफ पाईन्टको खल्तिमा उक्त लागूऔषध लुकाई राखेको अवस्थामा बरामद भएको थियो ।
उनको साथबाट भे१२ ३०१९ नम्बरको मोटरसाईकल, भिभो कम्पनीको मोवाईल सेट १ थान, इन्टेल कम्पनीको सादा मोवाईल सेट १ थान बरामद भएको छ । उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्