भिडियो खिचेको भन्दै कोहलपुरका डीएसपी पत्रकारमाथि यसरी जाइलागे (भिडियो)



कोहलपुर ।

सडक अवरुद्धको भिडियो खिचेको भन्दै कोहलपुरका पत्रकार विजय परियारमाथि डीएसपी ऐनबहादुर मल्लले आक्रमण गरेका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख समेत रहेका डीएसपी मल्लले बिहीबार सञ्चार सामाग्री नियन्त्रणमा लिदैं दुव्र्यवहार गरेका
हुन् ।

प्रहरी कार्यालय अगाडि चक्काजामको भिडियो खिचिरहेको बेला डीएसपी मल्लले पत्रकार परियारको मोबाईल खोस्दै घिसारेर कार्यालयभित्र लगेका थिए ।

डीएसपी मल्लले पत्रकार परियारमाथि गरेको दुव्र्यवहारको कोहलपुरका क्रियाशिल पत्रकारहरुले विरोध जनाएका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ असार ३० गते बिहीबार