कोहलपुर : गुरु पूर्णिमाको अवसरमा कोहलपुरमा ओशो उत्सव सम्पन्न भएको छ । कोहलपुर ओशो समूहको आयोजनामा गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न भएको हो । मौलिक दृष्टिकोण र तर्कले सम्पन्न ओशो अनौठा दार्शनिक मानिन्छन् ।

ओशो धर्म तथा विचारधारामाथि देशभरि प्रवचन दिन्थे । उनका अनुयायी अहिलेपनि विभिन्न देशमा संस्थागत रुपमा उनको विचारधाराको प्रचारप्रसार गर्छन् ।

सत्कर्मका गुरु समेत रहेका उनको सम्झना र उनको विचारधारा प्रवाहका लागि कोहलपुरमा पहिलोपटक ओशो उत्सवको आयोजना गरिएको हो । उक्त अवसरमा आशो आचार्य पुस्कल नेपालले ओशोले प्रतिपादन गरेका मौलिक व्यायम र शरिरलाई कसरी स्वस्थ राख्ने विषयमा सहभागीलाई जानकारी गराएका थिए । कूनै पनि व्यक्ति भयमुक्त र शान्त जीवन जिउनको लागि ओशोका किताबहरु अध्ययन गर्न आवश्यक छ । स्वास्थ्य जीवन जिउन उनले प्रतिपादन गरेका नयाँ नयाँ खोजको अनुसरण गर्नुपर्ने उनले बताए ।

दर्जन, धर्म र स्वास्थ्य लगायतका विषयमा ओशोले ६ सय बढी किताब लेखेका छन् भने १ हजार विद्धत प्रवचन र भिडियो रहेका छन । उक्त कार्यक्रमका विशेष अतिथि समेत रहेका कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले विश्वका हरेक मान्छे सुख र शान्तिको खोजीमा रहेको बताए । उनका अनुसार अहिले मानिस व्यक्तिवादी र फाइदामुखी भएको छ । व्यक्ति, समाज मात्र होइन सिंगो विश्वलाई शान्त र खुसी बनाउन ओशोका विचार र पुस्तक अध्ययन गर्नुपर्नेमा उनले जोड दिए ।

आफ्नो उद्देश्य पनि सुन्दर र शान्त तथा सुखी कोहलपुरबासी आफ्नो चाहना भएको भन्दै यस्ता समूहहरुसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । धेरै मानिसहरुलाई पहुँच पुग्ने गरि पूर्वाधार निर्माण गर्न आफू सकारात्मक रहेको उनको भाइ थियो । कार्यक्रममा ओशो आचार्य कुमार उप्रेतीले आफूहरु भर्खरै संठगित हुँदै गएको भन्दै स्थानीय सरकारको सहयोग आवश्यक रहेको र पूर्वाधारको लागि सहयोग गर्न आवश्यक रहेको बताएका थिए । उक्त कार्यक्रममा कोहलपुर ओशो समूहका निवर्तमान संयोजक स्वामी बेदराज लम्सालले स्वागत मन्तव्य राखेका थिए । कोहलपुर ओशो समूहका संयोजक कृष्ण अधिकारीको अध्यक्षता रहेको उक्त अवसरमा गुरु महिमा,उत्सव योग, ओशो देशमा र कृतन र सत्सर्ग गरिएको थियो ।
ओशो को हुन् ?
ओशोको जन्म सन् १९३१ मा भएको थियो । भारतको मध्य प्रदेशसिथत कुचवाडामा उनको जन्म भएको थियो । जन्मको समयमा उनको नाम चन्द्रमोहन जैन थियो । बाल्यकालमै उनलाई दर्शनमा रुचि भयो । उनले आफ्नो पढाइ जबलपुरमा पूरा गरे । पछि उनले जबलपुर विश्वविद्यालयमा प्राध्यापन गरे ।
उनले धर्म तथा विचारधारामाथि देशभरि प्रवचन दिए । सन् १९८१ देखि १९८५ सम्म उनी अमेरिकामा बसे । त्यहाँ ओरेगनमा उनले आश्रम स्थापना गरे । यो आश्रम ६५ हजार एकडमा फैलिएको थियो । भारत फर्केपछि उनी पुणेको कारेगाँव पार्क इलाकामा रहेको आफ्नो आश्रममा फर्किए । उनको मृत्यु सन् १९९० को १९ जनवरीमा भयो ।
कार्यक्रमको अवसरमा सहभागीहरुले गरेको ध्यानका केही तस्विरहरु










प्रतिक्रिया दिनुहोस्