कोहलपुर २८ असार
दलित सेवा संघद्धारा संचालित सामुदायिक रेडियो प्रतिबोध एफएम १०२.३ मेगाहर्ज कोहलपुर बाँकेले रेडियो कार्यक्रम मार्फत दलित समुदायका सवालहरुमा रेडियो उत्पादन तथा प्रसारण गर्ने भएको छ ।
सोमबार रेडियोकोे १३ औ वार्षिक उत्सवका अवसरमा सो कुरा सार्वजनिक गरिएको होरेडियोका स्टेशन म्यानेजर हेमन्त विकले रेडियोले दलित समुदायका सवालहरुमा रेडियो कार्यक्रम निर्माण र प्रसारण गरिने बताए ।
वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै रेडियोकी कार्यक्रम संयोजक पवित्रा परियारले दलित समुदायका गतिविधि समेटर साप्ताहिक रुपमा रेडियो कार्यक्रम “आवाज” प्रसारण हुने बताइन ।
कार्यक्रममा बोल्दै दलित सेवा संघकी कार्यवहाक अध्यक्ष भुमी बिकले रेडियो प्रतिबोध एफएमले महिला, बालबालिका जेष्ठनागरिकका सवालमा कार्यक्रम संचालन गरी रहेको तर अब दलित समुदायका सवालमा कार्यक्रम संचालन हुनुपर्ने बताइन।
त्यस्तै रेडियोका सल्लाहकार पुजन विश्वकर्माले रेडियो प्रतिबोध एफएम १०२.३ मेगाहर्ज थारु आन्दोलन , मधेश आन्दोलनमा रेडियो महत्वपुर्ण भुमिका निर्वाह गरेकोले रेडियो सबै समुदायमा उत्तिकै लोक प्रिय बन्दै गएको बताए ।
बनगाड कुपिन्डे नगरपालिका वडा नं ७ का वडाध्यक्ष जिवन सिंह ठकुरीले रेडियो लाई अन्लाइन मार्फत विश्वभर सुन्न सकिने बनाउने र स्थानीय दलित,मजदुर,विपन्न वर्गका सवालहरुमा उनीहरुका आवाज बुलन्द गरिनुपर्ने बताए ।
रेडियोका अध्यक्ष बुद्ध सुनारको सभापतित्वमा भएकोकार्यक्रममा दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण बिक, संर्घष दलित महिला सहकारी संघका व्यवस्थापक तुलसी सुनार विभिन्न संघस्थाका प्रतिनिधि, रेडियो संचालक समितिका पदाधिकारी कर्मचारी लगायतको सहभागीता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्